जेनजी आन्दोलनपछि बदलिएका काठमाडौँका पर्खाल र भित्ताहरू {तस्वीरहरु}
काठमाडौं । भाद्र २३ र २४ गते देशव्यापी रुपमा नयाँ पुस्ता अर्थात् जेनजी आन्दोलन भयो । केपी शर्मा ओली नेतृत्वको सरकार दुई दिनमै ढाल्न पुग्यो र यही आन्दोलनको क्रममा करिब ७६ जना भन्दा बढीले आफ्नो ज्यान गुमाउन पर्यो । आन्दोलनका क्रममा देशको महत्वपूर्ण संरचना तोडफोड सँगै आगजनी गरियो र देशकै नै राज्य विहिन जस्तै भयो ।
सो आन्दोलनले काठमाडौँका धेरै स्थानहरूको स्वरूप परिवर्तन गरिदिएको छ । आन्दोलनको प्रभावले शहरका सडक, भवन र सार्वजनिक स्थलहरू मात्र होइन, भित्ताहरू र पर्खालहरूमा समेत नयाँ सन्देश सहित राजनीतिक दलका नेताहरुप्रति आक्रोश पोखिएको देखिन्छ ।
आन्दोलनपछि काठमाडौँका मुख्य सडक पेटीहरू, सरकारी भवनहरूको बाहिरी पर्खालदेखि लिएर विभिन्न सार्वजनिक स्थानका भित्तासम्ममा आन्दोलनका नारा, भित्तेचित्र र सन्देशहरूले स्थान ओगटेका देखिन्छ ।
कतिपय ठाउँमा राजनीतिक नेताहरूविरुद्ध आक्रोश व्यक्त गर्ने शब्दहरू देखिन्छन्, भने कतै आन्दोलनका सहिदप्रति सम्मान व्यक्त गर्दै नयाँ नेपाल निर्माणको सन्देश समेत चित्रित गरिएको छ । आन्दोलनका ती दिनहरूमा लेखिएका केही अश्लील नाराहरू अझै पनि मेटिएका छैनन् । तर, सडक विभाग र रत्नपार्क आसपासका भित्ताहरूमा अहिले सहिदप्रतिको श्रद्धा र परिवर्तनको आकांक्षा झल्काउने नयाँ चित्रहरू देख्न सकिन्छ ।
तस्वीरहरू : सफल प्रकाश श्रेष्ठ /नेपाल फोटो लाइब्रेरी

