`

युवराज सफलले पनि गरे पार्टी दर्ता, सभापतिमा अधिवक्ता भण्डारी, उपसभापति आफैं

Nepal One HD २३ कार्तिक २०८२ १६:०४
निर्वाचन विषेश

काठमाडौं । अभियन्ता युवराज पौडेल ‘सफल’ नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीमा गाभिएको छ । यसअघि नै सफलको नेतृत्वमा दर्ता रहेको समाजवादी केन्द्र नेपालको नाम परिवर्तन गरेर नेपाल नागरिक पार्टी दर्ता गरिएको हो । अधिवक्ता भण्डारीले यसअघि छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, सफलले आफू नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीसँग गाभेर एउटै बनाउने सहमति जनाएपछि यहिँ कात्तिक ११ गते निवेदन फिर्ता लिएका थिए ।

अधिवक्ता भण्डारी सभापति रहेको पार्टीमा अभियन्ता युवराज पौडेल सफल उपसभापति छन् । अर्का सभापति डा.प्रकाश पौडेल रहेका छन् । यस्तै महामन्त्री पुजनजंग गुरुङ, कोषाध्यक्षमा दिपलाल जोशी रहेको उपसभापति सफलले नेपाल जानकारी दिए । उनका अनुसार २८ सदस्यीय केन्द्रीय समिति रहेको छ । केन्द्रीय सदस्यमा नुरमहमत मियाँ, तेजबहादुर कार्की, भगवती ढकाल, रामशरण बुढाथोकी निरा भण्डारी लगायत रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *