`

भीम रावललाई नेकपामा फूलमाला र अंकमालको स्वागत (तस्बिरहरू)

Nepal One HD २६ कार्तिक २०८२ १५:४१
फिचर

काठमाडौं। नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित सभामा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो ।

रावलले आजै पेरिसडाँडामा सात बुँदे सहमति गरेका थिए । सहमति पत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्तावक भीम रावलको हस्ताक्षर छ ।

हस्ताक्षर लगत्तै एकता घोषणा गरिएको हो । कार्यक्रममा संयोजक प्रचण्ड तथा नेता झलनाथ खनालले रावललाई माला लगाइदिएर अंकमाल गरी पार्टीमा स्वागत गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *