`

कोशी प्रदेश प्रमुख खापुङ समक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

Nepal One HD २६ कार्तिक २०८२ १८:१९
राजनीति

मोरङ, २६ कात्तिकः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष आज निर्वाचन आयोगले आफ्नो १९ आँै वार्षिक प्रतिवेदन पेस गरेको छ। प्रदेश प्रमुख खापुङ्गलाई आयोगका कोशी प्रदेश कार्यालयका प्रदेश निर्वाचन कार्यालयका प्रमुख युवराज गुरागाईले प्रमुखको कार्यालय विराटनगरमा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन बुझाउनु भयो ।

प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।

उहाँले सम्पूर्ण नेपाली जनतलाई सर्वभौम सत्ताको मालिक र राजकीय सत्ताको अधिकारी निर्वाचनको माध्यमबाट प्रयोग गर्न मतदाता नामावली नाम दर्ता गर्न आग्रह गर्नुभयो ।

प्रदेश प्रमुख खापुङ्गले जनताले विवेकपूर्ण रुपमा निर्वाचनमा मतदान गरी लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाई मुलुकमा समृद्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो । आयोगका निर्वाचन कार्यालयका प्रमुख गुरागाईले गत आर्थिक वर्षमा आयोगमा १२२ वटा दर्ता भएको र सोही अवधिमा कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९ सय मतदाता रहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *