`

पेट्रोल र डिजेलको मूल्य बढ्यो, लिटरको कति ?

Nepal One HD ३० कार्तिक २०८२ ७:१२
अर्थ समाचार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य वृद्धि गरेको छ ।शनिबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको हो।निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई र डिजेलमा तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो।

अब पेट्रोलको मूल्य एक सय ६१ र डिजेलको मूल्य एक सय ४७ रुपैयाँ पुगेको छ।यो मूल्य कातिक ३० गते बिहान १ बजेदेखि कायम हुने निगमद्वारा जारी सूचनामा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *