आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष प्रस्तुत
गण्डकी – आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँै वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुखसमक्ष आयोगका सदस्यद्वय रीना राना र सूर्यबहादुर गुरुङले आज नेपालको संविधान धारा २९४ (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले नेपालको संविधानले आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने सवालमा आयोगलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताउनुभयो । उहाँले आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी ढङ्गले सम्पादन गर्ने सन्दर्भमा आयोगलाई थप सफलताको शुभकामना व्यक्त गर्दै आदिवासी जनजातिका हकअधिकार संरक्षण तथा सशक्तिकरण गर्न आवश्यक योजनाका साथ अगाडि बढ्न सुझाव दिनुभयो ।
प्रस्तुत भएको प्रतिवेदन मुख्यमन्त्रीमार्फत गण्डकी प्रदेशसभामा पठाइने बताउँदै भट्टले सदनमा यसबारे सघन छलफल भई प्राप्त हुने निष्कर्षले भविष्यमा आयोगका काम कारबाहीहरू अझै सबल र सशक्त बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आदिवासी जनजाति आयोगकी सदस्य रानाले प्रतिवेदनको सारसङ्क्षेप प्रस्तुत गर्दै प्रतिवेदन उपर प्रदेशसभामा आवश्यक छलफल नभएकाले ध्यानाकर्षण गराइदिन प्रदेश प्रमुखसमक्ष अनुरोध गर्नुभयो । उहाँले मुलुकभरका आदिवासी जनजाति समुदायको इतिहास र संस्कृतिको पहिचान गर्दै उनीहरूको हकहित र अधिकारको संरक्षण, संवद्र्धन गर्न आयोग लागिपरेको बताउँदै आयोगको गण्डकी प्रदेश कार्यालयको भवन स्थापनमा प्रदेश सरकारको सहयोगको अपेक्षा गर्नुुभयो ।
प्रतिवेदनमा गत आर्थिक वर्षमा आयोगले आदिवासी जनजाति समुदायको विकास, पहिचान र हकअधिकारको संरक्षण तथा प्रथा परम्परालगायतका क्षेत्रमा गरिएका कामहरू समावेश छन् ।
