`

वेस्ट ब्याङ्कमा जारी इजरायली हिंसाको युरोपियन युनियनद्वारा निन्दा

Nepal One HD २ मंसिर २०८२ १५:४८
विश्व

ब्रसेल्स । युरोपेली युनियनका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि, काजा कल्लासले वेस्ट ब्याङ्कमा निरन्तर जारी हिंसाको कडा निन्दा गर्दै उक्त घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।

ब्रसेल्स स्थित युरोपेली आयोगको मुख्यालयमा प्यालेस्टिनी प्रतिनिधिमण्डल बिच प्रस्तुत टिप्पणीमा, कल्लासले धम्की अभियान, शारीरिक तथा मौखिक आक्रमण, सम्पत्ति र घरहरू नष्ट भएको विषयमा छलफल भइरहेको तथा यस्ता अभ्यासहरू ईयूलाई अस्वीकार्य भएको बताएका हुन् ।

युरोपियन युनियनले सहायता कार्यक्रम, विकास परियोजनाहरू र दुई–राज्य बिचको युद्ध समाधानको लागि प्यालेस्टिनी प्राधिकरणको भूमिकालाई सुदृढ पार्न प्यालेस्टिनी जनताको बलियो समर्थक रहेको कुरामा कलासले जोड दिएका छन् । उनले यसको लागि युरोपेली संघ र प्यालेस्टिनी प्राधिकरण बिचको साझेदारीलाई अझै सुदृढ पार्नेु पर्ने बताएका छन् ।

उनले ईयूले इजरायललाई कब्जा गर्ने शक्तिको रूपमा तत्काल, निर्णायक कदम चाल्न तथा निरन्तरको निर्दोस नागरिक माथिको हिंसात्मक अपराध प्रति जवाफदेही बनाउन अघि बड्नेसमेत उल्लेख गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *