`

प्रधानमन्त्रीको चेतावनी : निर्वाचनबाट भाग्ने कोसिस नगर्नू, देशले अर्को अस्थिरता थेग्दैन

Nepal One HD ३ मंसिर २०८२ १७:३९
राजनीति

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राजनीतिक दलहरूलाई स्पष्ट र कडा सन्देश दिएकी छन्।

बुधबार सिंहदरबारमा राजनीतिक दलहरूका प्रतिनिधिसँग जारी छलफलका क्रममा प्रधानमन्त्री कार्कीले संसद् पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले पुनस् राष्ट्रलाई अस्थिरताको चक्रमा धकेल्नसक्ने चेतावनी दिएकी छिन् ।

‘निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनस्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्नेछ,’ उनले भनेकी छिन् ।

साथै, उनले संवैधानिक अडानमा सरकारको कुनै अलमल नभएको बताएकी छिन् ‘आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु हाम्रो संवैधानिक दायित्व र जनताप्रतिको अटल राजनीतिक प्रतिबद्धता हो,’ प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूलाई सम्बोधन गर्दै भनेकी छिन्, ‘म स्पष्ट पार्न चाहन्छु, हाम्रो संवैधानिक अडानमा कुनै अलमल छैन । निर्वाचनको अनिवार्यताका बारेमा पनि हाम्रो प्रतिबद्धता दह्रिलो र स्पष्ट छ ।’

उनले राजनीतिक दलहरूलाई संवैधानि निकासको बाटोतर्फ लाग्न आग्रह गरेकी छिन् । ‘अब संसद् पुन:स्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तसर्थ हामीले अब राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *