नाइजर राज्य सरकारका सचिव अबुबकर उस्मानले घटनाको पुष्टि गरेका छन् भने गुप्तचर रिपोर्टहरूले राज्यका केही भागहरूमा सुरक्षा खतरा बढेको संकेत गरेका छन् ।
सतर्कताको आधारमा सरकारले सबै निर्माण गतिविधि स्थगित गर्न र प्रभावित क्षेत्रका स्कुलहरू अस्थायी रूपमा बन्द गर्न आदेश दिएको उनले बताए ।
स्थानीय सुरक्षा निकायहरूले विद्यार्थीहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्न पूर्ण अनुसन्धान तथा खोजी र उद्धार अभियान सुरु गरेको जनाइएका छन् ।
नाइजर राज्यका प्रहरी प्रवक्ता वासिउ अबियोडुनलाई उदृत गर्दै अपहरण गरिएका विद्यार्थीहरूलाई उद्धार गर्नको लागि नजिकैको जंगलमा सैन्य शक्ति र अन्य सुरक्षा एजेन्सीहरूसहित अर्धसैनिक निकायलाई घटनास्थलमा तैनाथ गरिएको सिन्ह्वाले जनाएको छ ।
संघीय सरकारको स्वामित्वमा रहेका विद्यालयहरू लक्षित यो निर्देशन यस अघि नै लागू भइसकेको शिक्षा मन्त्रालयको विज्ञप्ति मार्फत जनाएको छ ।
