प्रलोपाका अभिभावक बनेका बाबुरामले भने, ‘आफ्ना कुरा भन्छु, लागू नभए सहेर बस्छु’
प्रमुख खबर
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीमा आफू अभिभावकको रुपमा रहने बताएका छन् । आज (आइतबार) पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले सल्लाह–सुझाव दिने र लागू नभए सहेर बस्ने समेत उल्लेख गरे ।
‘अभिभावकले आफै सक्रिय, कार्यकारिणी भूमिका निर्वाह गर्दैन,’ भट्टराईले भने, ‘जसले काम गर्नुुपर्ने हो, तिनीहरुलाई काम गर्न दिन्छ, दिनुपर्छ । आफ्नो कुरा राख्नु पर्छ । लागू भएन भने पनि उनीहरू जे गर्छन्, त्यो उनीहरूको अधिकार हो भनेर सहेर बस्नु पर्छ ।’ ‘तर, आफ्नो कुरा भनिराख्नु पर्छ । म त्यही प्रतिवद्धता तपाईंहरूसँग गर्न चाहन्छु,’ उनले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
