बालेनका पिताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने
फिचर
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का पिता रामनारायण शाहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने भएको छ । काठमाडौँ महानगरपालिकाले पार्थिव शरीर ३ः१५ बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राखिने जनाएको छ । र आजै पशुपतिमा अन्त्येष्टि गरिनेछ ।
आइतबार उपचारको लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएका शाहको आज निधन भएको अस्पतालले जानकारी दिएको थियो ।
शाहको पिसाबमा सङ्क्रमण भएपछि शरीरमा फैलिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएका उपचारकै क्रममा निधन भएको हो ।
आज बिहान प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।
बालेन शाहका दिवंगत पिता डा. रामनारायण शाहको शव सिभिल अस्पतालबाट आर्यघाटतिर लगिँदै गर्दाको तस्बिरहरु :-

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
