`

कान्ती राजमार्गको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने

Nepal One HD १८ मंसिर २०८२ ९:५८
समाज

ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ती राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ ।

जिल्ला प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार यही मङ्सिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक बिहान ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो ।

सो योजनाअन्तर्गत आवश्यक प्राविधिक कार्य छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न बाटो बन्द गरिएको प्रशासनले जनाएको छ । यस अवधिमा कान्ती राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन तथा सर्वसाधारण यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *