हर्शल पाठक राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षक नियुक्त
खेलकुद
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ । पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । उनी थाइल्यान्ड क्रिकेट टोलीको समेत पूर्व प्रशिक्षक हुन् ।
क्यानले यसअघि नै विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । जसबाट पाठकलाई क्यानले छनोट गरेको हो । नेपालले आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुने विश्वकप ग्लोबल छनोटका खेल खेल्दै छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
