`

श्रीलङ्कामा चक्रवात पछि पुन: विद्यालय सुचारु

Nepal One HD १ पुष २०८२ १५:०३
विश्व

कोलम्बो । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबार देखि पुनः सुचारु गरिएको एक वरिष्ठ अधिकारीले बताएका छन् ।

शिक्षा मन्त्रालयका सचिव नालाका कालुवेवाका अनुसार दश हजार ७६ वटा प्रभावित विद्यालय मध्ये नौ हजार ९२९ विद्यालय पुनः खोलिएको छ भने तीन प्रान्तका १४७ विद्यालयहरू आपतकालीन अवस्थाका कारण अझै बन्द रहेका छन् । वन्द विद्यालयहरू उवा, मध्य र उत्तर पश्चिमी प्रान्तहरूमा छन्, जुन चक्रवात का कारण सबै भन्दा बढी प्रभावित भएका थिए ।

विपद् प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई सहयोग गर्न श्रीलङ्का यातायात बोर्ड र श्रीलङ्का रेलवे विभागले बाँकी वर्षका लागि विद्यालय स्थरका विद्यार्थीहरूलाई निःशुल्क यातायात सेवा प्रदान गर्ने जनाएको छ ।

यसै बीच शिक्षा मन्त्रालयले सन् २०२५ को शैक्षिक वर्षका लागि कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि तेस्रो अवधिको परीक्षामा रोक लगाएको छ ।

यस अघि श्रीलङ्कामा विद्यालयको दोस्रो चरण डिसेम्बर– ८ देखि सुरु हुने तय गरिएको थियो । तर, शिक्षा मन्त्रालयले विनासकारी चक्रवातले निम्त्याएको विपत्तिको कारण विद्यालयहरू तोकिएको समयमा खोल्न नसकिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *