रवि काठमाडौं आउँदै, कुलमान पुगे चितवन
प्रमुख खबर
थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछाने आज चितवनबाट काठमाडौं फर्किँदै छन् भने भौतिक पूर्वाधार तथा ऊर्जा मन्त्री कुलमान घिसिङ चितवन पुगेका छन् ।
सहकारी ठगीको अभियोगमा थुनामा रहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतले धरौटीमा रिहाइ गरेको थियो । प्रक्रिया पुरा गरेपछि उनी चितवन पुगेका थिए ।
चितवनमा कार्यकर्ता तथा समर्थकसँग भेटघाट गरेपछि उनी काठमाडौं फर्किन लागेका हुन् ।
मन्त्री घिसिङ भने उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेलालाई सम्बोधन गर्न चितवन जान लागेका हुन् । शनिबार हुने भेलाका लागि उनी शुक्रबार नै चितवन पुगेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
