`

कुलमान भन्छन्, ‘हामी राजनीति गर्न आएका होइनौं’

Nepal One HD ५ पुष २०८२ १८:५९
प्रमुख खबर

उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताएका छन् ।

चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको बताए । राजनीति र नेतृत्व फरक कुरा रहेको भन्दै उनले देशलाई परिवर्तन गर्न जरुरी रहेको बताए ।

घिसिङले नेपालमा जुन किसिमको राजनीति छ त्यो राजनीति गर्न आफू राजनीतिक दल खोलेर नआएको बरु बाटोमात्रै समातेको जिकिर गरे । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्न नसक्ने उनको भनाई छ।

उनले भने, ‘हामी राजनीति गर्न चाहीँ आएको होइन । राजनीति गर्न आएको होइन तर देश परिवर्तन गर्न आएको हो । राजनीति र नेतृत्व फरक छ । देशलाई परिवर्तन गर्न आएको हो । जुन किसिमको राजनीति नेपालमा छ, त्यो राजनीति गर्न आएको होइन, त्यो बाटोमात्रै समातेको हो । यो बाटो समातेर देशलाई परिवर्तन गर्नुपर्छ । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्दैन । हामी देश परिवर्तन गर्ने नेतृत्व दिन आएका हौँ । देशको शासक बन्न आएको होइन । आम नेपाली जनताको सेवक बन्न आएका हौँ ।’

मन्त्री घिसिङले आफू भाषण नभइ नतिजा दिने पक्षमा रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *