`

नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

Nepal One HD ६ पुष २०८२ १०:३५
प्रमुख खबर

मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव छन् । प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौं तलाबाट उनी खसेका थिए ।

गम्भीर अवस्थामा फेला परेपछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचार क्रममा बिहान ७ः२५ बजे उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिएका छन् । यादव सोही मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *