`

काठमाडौंका १०७ वटा ‘कागजी विद्यालय’ खारेजी प्रक्रियामा (सूचीसहित)

Nepal One HD ८ पुष २०८२ ११:०४
प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति लिएर भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अघि बढाएको छ । महानगरको शिक्षा विभागले सोमबार सूचना निकाल्दै नाममात्रका त्यस्ता १०७ विद्यालयलाई सम्पर्कमा आउन १५ दिनको अल्टिमेटम दिएको छ । शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार, विगतमा अनुमति पाएका तर हाल स्थलगत रूपमा फेला नपरेका विद्यालयहरूको अनुगमन गरी प्रतिवेदन तयार पारिएको थियो ।

विभागको विभिन्न समयको अनुगमनका क्रममा कतिपय विद्यालय तोकिएको स्थानमा सञ्चालनमा नरहेको÷नदेखिएको पाइएको निमित्त विभागीय प्रमुख केशव ज्ञवालीद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ, ‘संलग्न सूचीमा रहेका विद्यालय स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक वा व्यवस्थापकले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गरी सोको पुष्टि गर्नुपर्नेछ ।’ तोकिएको सीमाभित्र सम्पर्कमा नआउने र विद्यालय सञ्चालनमा रहेको प्रमाण पेश गर्न नसक्ने विद्यालय स्थायी रूपमा बन्द गर्न नगर कार्यपालिकामा सिफारिस गरिने विभागको तयारी छ ।

हेर्नुस् सूची

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *