पूर्व जर्नेल शर्मा परराष्ट्रमन्त्री बन्दै, आजै शपथ
प्रमुख खबर
काठमाडौं । नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनको आजै शपथ ग्रहणको तयारी भइरहेको छ । प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्व जर्नेल हुन् । माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्र मात्र होइनन्, कोभिड संकटको बेला सीसीएमसीमा समेत काम गरेका थिए ।
आजै दिउँसो २ बजे उनलाई मन्त्री पदको शपथ खुवाउने कार्यक्रम रहेको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ । शर्माको नियुक्तिसँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ । अझै रक्षा र खानेपानी मन्त्रालय प्रधानमन्त्री कार्कीकै जिम्मेवारीमा छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
