`

प्रलोपासँग चुनावी एकता गर्दै कुलमान, आजै सहमति–पत्रमा हस्ताक्षरको तयारी

Nepal One HD १३ पुष २०८२ १७:४६
प्रमुख खबर

काठमाडौं । डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपालबीच चुनावी सहकार्य हुने भएको छ । रास्वपा र र बालेन शाहसँग सहमतिमा नगएका कुलमानले प्रलोपासँग सहकार्य गर्न लागेका हुन् । दुई पार्टीबीच आज ६ बजे सहमति पत्रमा हस्ताक्षर हुन लागेको प्रलोपा अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले जनाएका छन् । शर्मा मन्त्री हुँदा नै कुलमानलाई विद्युत् प्राधिकरणमा लगेका थिए ।

दुवै पार्टीका वार्ता टोलीबीच पटक–पटक छलफलपछि आइतबार साँझ ६ बजे शीर्ष तहका नेतासहितको छलफल हुने ऊज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिए । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किराँतीले भने, ‘हामी निरन्तर संवादमै छौँ। हाम्रो गन्तव्य पार्टी एकतासम्मको हो’ भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *