`

उपेन्द्र यादवको जसपा र महन्थ ठाकुरको लोसपाबीच पार्टी एकता गर्ने सहमति

Nepal One HD १३ पुष २०८२ २१:५०
बिशेष

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

आज यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीको संयुक्त बैठकले एकताको सहमति गरेको हो । देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न पार्टी एकीकरण गर्ने निर्णय गरिएको अध्यक्षद्वयद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “सङ्घीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतको अग्रगामी परिवर्तनका मुद्दालाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात् गरी जसपा, नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण गर्ने निर्णय गरियो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *