`

कुलमान फेरि रास्वपासँग छलफलमा

Nepal One HD १४ पुष २०८२ १६:३९
प्रमुख खबर

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि समानुुपातिकतर्फको सूची बुझाउने समय सकिँनै लाग्दा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहले बार्ता गर्ने भएका छन् । कुलमानलाई मनाउने अन्तिम प्रयासस्वरुप उनीहरूबीच छलफल हुन लागेको हो । ‘हाम्रो र रविजीको टिमबीच अहिले छलफल भइरहेको छ,’ बालेन निकट स्रोतले भन्यो, ‘अब शीर्ष तीन नेता बस्दै हुनुहुन्छ ।’

कुलमानसँग वार्ता गर्न रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट भर्खरै बाहिरिएका छन् । सोमबार राति अबेरसम्म रवि, बालेन र कुलमानबीच छलफल चलेको थियो । तर, सहमति हुन सकेको थिएन । हिजो सहमित हुन नसकेपछि उनीहरुबीच आज फेरि छलफल गर्ने समझदारी बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *