`

जनभावनाअनुरुप सेवा प्रदान गर्न गृहसचिवको निर्देशन

Nepal One HD १४ पुष २०८२ २०:०८
राजनीति

काठमाडौँ – गृहसचिव राजकुमार श्रेष्ठले बदलिँदो परिस्थिति र जनभावनाअनुरुप सेवा प्रदान गर्न सबै कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले जनसेवालाई प्राथमिकता राखेर काम गर्न र कुनै समस्या आए तत्काल समन्वय गर्न निर्देशन दिनुभएको हो ।

गृहसचिव श्रेष्ठले सरकारले दिएको कार्यभार आफूले सबै कर्मचारीको सहयोगबाट कुशलतापूर्वक निर्वाह गर्ने बताउनुभयो ।गृहमन्त्री ओमप्रकाश अर्यालले गृहसचिव श्रेष्ठलाई स्वागत गर्नुका साथै सरुवा भई जानुभएका सचिव रामेश्वर दङ्गाललाई धन्यवादसहित बिदाइ गर्नुभयो ।

मन्त्रिपरिषद्को पुस ११ गतेको बैठकले सचिव दङ्गाललाई लोकसेवा आयोगमा र सचिव श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *