`

‘निमुखालाई छुट्याएको समानुपातिकमा त ‘मिस नेपाल’ ले पो अवसर पाउने रहेछन्’

Nepal One HD १६ पुष २०८२ ७:१८
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको बन्द सूचीप्रति अभियान्ता आशिका तामाङले असन्तुष्टि जनाएकी छन् ।

समानुपातिक सूचीमा सेलिब्रेटी, व्यापारी र आफन्तलाई राखिएको भन्दै उनले असन्तुष्टि पोखेकी हुन् । तामाङले नयाँ दलहरू पनि पुरानै दल जस्तै देखिएको भन्दै आपत्ति जनाएकी छन् ।

आशिकाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मलाई त लागेको थियो नयाँबाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औंला उठाउने मौका पाउने छैनन् ! तर त्यस्तो त होइन रहेछ । यहाँ त निमुखा वर्ग र जातिहरूका लागि छुट्याइएको कोटाहरूमा त मिस नेपाल हुने रहेछन् । आफ्नो ससुराबा, देश बेचुवा ठेकेदारको छोरा, आफ्नो आगडि पछाडि दौडिरहने आसेपासे, हुँदाहुँदा छिमेकी र अझ त्यतिले नपुगेर सानोमा स्कुल पढ्ने साथी सांसद र मन्त्री हुने अवसर पाउने रहेछ !’

स्मरणीय छ, रास्वपाको समानुपातिक सूचीमा गायक प्रकाश सपुतदेखि गायिकाद्वय सत्यकला राई, डा. त्रिशला गुरुङ, अभिनेता आशिफ साह, अभिनेत्री रिमा विश्वकर्मा, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ र पूर्व मिस्टर नेपाल तथा चिकित्सक डा. रुपक विश्वकर्मा घिमिरे रास्वपाको समानुपातिक सूचीमा परेका छन् । रास्वपाले सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट २१ जना सूचीमा पार्दा सुदूरपश्चिम प्रदेशबाट दुई जनामात्रै परेपछि पार्टी भित्र र बाहिर आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *