त्रिशूल ग्यास प्रालिमा एकहजार १२ थान ग्यास सिलिण्डर नष्ट
समाज
देवदह (रूपन्देही), १६ पुसः यहाँको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिमा एक हजार १२ थान एलपी ग्यास सिलिण्डर नष्ट गरिएको छ । उपभोक्ताको हितलाई मध्यनजर गरी प्रयोग हुन असुरक्षित देखिएका ग्यास सिलिण्डर आज नष्ट गरिएको प्रालिका प्रबन्धक देवीप्रसाद भुसालले बताउनुभयो ।
उद्योगमा रहेको त्रिशूल ब्राण्डको लोगो अङ्कित ग्यास सिलिण्डर स्क्रयाप गर्ने निर्णय अनुसार नष्ट गरिएको भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार २०७७ सालमा एभरेष्ट ग्यास संसार अन्तर्गतको त्रिशूल ग्यास प्रालिले त्रिशूल ग्यास ब्राण्डको एक हजार १५ थान सिलिण्डर नष्ट गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
