गच्छदारको दाबी : विशेष महाधिवेशन हुँदैन, पार्टी पनि फुट्दैन
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले विशेष महाधिवेशन नहुने दाबी गरेका छन् । कार्यसम्पादन समितिको बैठकअघि शुक्रबार कांग्रेस पार्टी कार्यालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै गच्छदारले विशेष महाधिवेशन सम्भव नभएको बताएका हुन् ।
‘न विशेष महाधिवेशन हुन्छ, न पार्टी विभाजन हुन्छ । नियमित महाधिवेशन मात्र हुन्छ,’ गच्छदारले भने । अर्का नेता विमलेन्द्र निधिले पनि विशेष महाधिवेशनको औचित्य नभएको र पार्टीले अब चुनावको तयारी थाल्ने बताए । महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि आव्हान गरेलगत्तै आज कांग्रेसको बैठक बस्न लागेको हो । विशेष महाधिवेशनका लागि पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुकिङ भइसकेको छ । अहिले कार्यसम्पादन समितिको वैठक बसिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
