`

कांग्रेस महाधिवेशन वैशाख २८–३१ गतेसम्म गर्न प्रस्ताव

Nepal One HD १८ पुष २०८२ १७:२०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहाक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । आज (शुक्रवार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा संस्थापन पक्षले वैशाख अन्तिमका लागि नयाँ कार्यतालिका प्रस्ताव गरेको हो ।

यसअघि पुस २७ देखि गर्ने भनिएको महाधिवेशनको तालिका प्रभावित भएसँगै संस्थापन पक्षले महाधिवेशनको नयाँ प्रस्ताव पेश गरेको हो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने अव विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशनको विकल्प अघि सारेपछि पार्टीभित्र तनाव बढेको छ ।

यसै सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो । बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफल गरेका थिए । संस्थापन पक्षले महामन्त्रीहरूको निर्णयलाई व्यक्तिगत भनेर आलोचना गरेको छ भने विशेष महाधिवेशन पक्षधरहरूले विधान रक्षा गर्न विशेष अधिवेशन आवश्यक रहेको तर्क गरिरहेका छन् । बैठकमा महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *