`

गाली गर्नेहरुको चाङमा टेकेर भएपनि समृद्धिको सपना पूरा गर्छौ – रवि लामिछाने

Nepal One HD २१ पुष २०८२ १८:४९
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गाली गर्नेहरुको चाङमा टेकेर समृद्धिको सपना पूरा गर्ने बताउका छन् । आज काठमाडौंमा आयोजित रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन् । उनले आफूहरु गालीको चाङमा टेकेर भएपनि देशको समृद्धिको सपना पूरा गरेर छोड्ने दाबी गरेका छन् ।

उनले भने, ‘हामीले विभिन्न आरोपहरु खेपेका छौं । कतिपयले पपुलिष्टहरु मिले । यिनीहरुमा राजनीतिक परिपक्कता छैन भनेको पनि सुन्नु परेको छ । हामीलाई गाली गर्दा खुसी मिल्छ भने गर्नुहोस् । हामी त्यो गालीको चाङमा टेकेर यो देशको समृद्धिको सपना पूरा गरेर छोड्ने छौं ।’

उनले थपे ‘निर्वाचनमा मुलुकलाई सहज रुपमा जान दिनुहोस् । चलखेल नगर्नुहोस् । हात लम्काउने चम्काउने नगर्नुहोस् । निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्ने छन् । त्यो अभिमत मार्फत नयाँ इतिहास कोर्नु छ । त्यो इतिहासमा सक्नुहुन्छ भने योगदान दिनुहोस् । सक्नुहुन्न भने बिथोल्ने काम नगर्नुहोस्’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *