`

विदेशी मुद्रा भित्र्याउन निर्यात बढाउनुपर्नेमा उद्योगमन्त्री सिन्हाको जोड

Nepal One HD २३ पुष २०८२ ८:११
राजनीति

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले व्यापार घाटा घटाउन निर्यातमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारणसभा एवं १०औँ निर्यात दिवसकामा आयोजित कार्यक्रममा उहाँले विदेशी मुद्रा भित्र्याउनका लागि निर्यात बढाउनुपर्नेमा जोड दिनुभयो ।

उद्योगमन्त्री सिन्हाले सरकारले निर्यात प्रवर्द्धन गर्नका लागि प्रयत्न गरेपनि सन्तुष्ट हुन नसकेको बताउनुभयो । निर्यात क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार तयार रहेको उहाँको भनाइ थियो । निर्यातलाई प्रोत्साहन गर्नका लागि कार्यविधि तयार गरी अन्तिम चरणमा रहेको उहाँको भनाइ छ ।

निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले विदेशी मुद्रा भित्र्याउने निर्यातजन्य वस्तुमा सरकारले दिइरहेको नगद अनुदान रोकिँदा व्यवसायीहरु मर्कामा परेको बताउनुभयो । उहाँले नगद अनुदान रोक्ने सरकारको निर्णय तत्काल सच्याउन मागसमेत गर्नुभयो । नेपालबाट आर्थिक वर्ष २०८१/८२ मा रु दुई खर्ब ७७ अर्ब तीन करोड र चालू आवको चार महिनामा रु ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *