निर्वाचन सफल बनाउन सङ्घीय र प्रदेश सरकारबीच सहकार्य मजबुद बनाइने
राजनीति
काठमाडौँ-आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सङ्घीय तथा प्रदेश सरकारबीचको समन्वय र सहकार्यलाई थप मजबुद बनाउने बारेमा छलफल भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह सचिव, सातै प्रदेशका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख र प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरु सहभागी बैठकमा सो सम्बन्धमा छलफल भएको हो ।
बैठकले प्रदेशका प्रमुख सचिवहरुबाट प्रभावकारीरूपमा जिम्मेवारी बहन गरी निर्वाचन सम्पन्न गर्न आ–आफ्नो तर्फबाट समन्वय र सहकार्य गर्ने निर्णय गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
