`

विशेष महाविधेशनमा भाषण सुन्न मात्रै आएको होइन : करुणा कटुवाल

Nepal One HD २७ पुष २०८२ १५:४३
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताएकी छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बोल्दै उनले विशेष महाधिवेशनले कांग्रेसको दिशानिर्देश गर्ने नयाँ रोडम्याप तयार गर्ने बताइन् ।

उनले नेताको भाषण सुन्न मात्रै विशेष महाधिवेशनमा सहभागी नभएको उल्लेख गरिन् । विशेष महाधिवेशन कांग्रेसको निकासका लागि मात्रै नभई देशकै निकास निकाल्नका लागि आवश्यक भएको बताइन् । कांग्रेसको विधान जोगाउनको लागि विशेष महाधिवेशनमा आफूहरु सहभागी भएको उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘नेपाली कांग्रेसलाई मात्रै निकास होइन, देशको निकासका लागि यो विशेष महाधिवेशन हो । यो सिंगो देशको निकासको लागि हाम्रो पुस्ताको भावनालाई समेट्नको लागि यो विशेष महाधिवेशन हो । यो कुनै फुटको होइन, कुनै तिक्तताको लागि होइन । कुनै नेताको विरुद्धमा गरिएको विशेष महाधिवेशन होइन । यो हामीले हाम्रो पार्टी जोगाउने संवैधानिक र नैतिक प्रयास मात्रै हो । हामी यहाँ नेताको भाषणा सुन्न गाउँमा सम्पूर्ण कुरा छाडेर आएका होइनौँ । हामी नेपाली कांग्रेसको दिशानिर्देश गर्ने रोडम्याप बोक्न आएका हौँ । हामी नयाँ उर्जा, नयाँ सोच र विचारका साथ यहाँबाट फर्किनेछौँ ।’ उनले विशेष महाधिवेशनले आगामी निर्वाचनमा कांग्रेसलाई नयाँ उत्साहका साथ होमिन सहयोग गर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *