`

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Nepal One HD २८ पुष २०८२ ९:०४
राजनीति

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।समितिको बैठक सोमबार बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।

बैठकमा पर्यटन विधेयक, २०८१ माथि दफावार छलफल हुने मुख्य कार्यसूची रहेको छ । यसका साथै विविध विषयमा पनि छलफल हुने समितिले जनाएको छ ।समितिले बैठकमा समितिका माननीय सदस्यहरू तथा सम्बन्धित सबै सरोकारवालाहरूको उपस्थितिका लागि अनुरोध गरेको छ ।विधायन व्यवस्थापन समितिले संसदमा प्रस्तुत विधेयकहरूलाई थप परिमार्जन र प्रभावकारी बनाउन दफावार छलफल गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *