मनोनयनमा देउवाको दस्तखत हटाइने, घोषणापत्र निर्माण थापा र निर्वाचन परिचालन विश्वको कमान्डमा
नेपाली कांग्रेस
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको नयाँ घोषणापत्र निर्माण गर्ने निर्णय गरेको छ ।
पार्टीको पहिलो बैठकले थापाकै संयोजकत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको हो ।
घोषणापत्रमा कति वर्षमा कस्तो कांग्रेस र कस्तो देश बनाउने भन्ने मार्गचित्र समेटिने भनिएको छ । घोषणापत्र युगसापेक्ष जनचाहना सम्बोधन गर्नेगरिको निर्माण हुने उल्लेख छ ।
आगामी २१ फागुनमा हुने निर्वाचनमा पार्टीपंक्तिलाई परिचालन गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने बैठकले अर्को निर्णय गरेको छ ।
यसबाहेक निर्वाचन आयोगमा पार्टीको कागजात अद्यावधिक गर्ने निर्णय पनि भएको छ ।
उम्मेदवारको उम्मेदवारी (मनोनयन) पत्रमा दस्तखत गर्न यसअघि शेरबहादुर देउवाको नाम छ । उनको नामसँगै दस्तखत परिवर्तन गर्ने र त्यस सम्बन्धी निर्णय पनि बैठकले गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
