विप्लव र मिराजबीच ४ बुँदे सहमति, सर्वपक्षीय सहमति र अन्तरिम सरकारका लागि आन्दोलन गर्ने
राजनीति
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र संयुक्त जेनजी अगुवा मिराज ढुंगानाबीच चारबँदे सहमति भएको छ ।
उनीहरूबीच बिहीबार सहमति भएको हो ।
यी दुई पक्षबीच सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, जेनजी विद्रोहका माग पुरा गराउन संघर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधान संशोधन,स्थिर सरकार,भ्रष्टाचारविरूद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने सहमति भएको हो । यी माग पुरा गराउन संयुक्त संघर्ष अघि बढाउने पनि सहमतिपत्रमा उल्लेख छ ।
सहमतिपत्रमा संयुक्त जेनजी आन्दोलनको तर्फबाट ढुंगाना र नेकपा माओवादीका तर्फबाट विप्लवले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
