`

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेले किन दिए राजीनामा ?

Nepal One HD २ माघ २०८२ १४:०४
प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । ‘४ गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले सुनाए, ‘३ गतेसम्म बहाल हुन्छ ।’

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि प्रमुख पाण्डेले राजीना बुझाएको महागरको प्रशासन विभागका प्रवक्ता ध्रुवकुमार काफ्लेले बताएका छन् । उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको छ । राजीनामा स्वीकृतिका लागि अधिकृत गुरागाईले मेयर बालेन शाह समक्ष सिफारिस गर्नेछन् । उनलाई मेयर शाहले काठमाडौं–४ बाट उम्मेदवार बनाउने तयारी गरिरहेको स्रोतको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *