बब्लु गुप्ताको सिरहा–१ मा रास्वपाबाट उम्मेदवारी दर्ता
निर्वाचन विषेश
काठमाडौं । युवा तथा खेलकुदमन्त्रीबाट राजीनामा दिएका बब्लु गुप्ताले सिरहा–१ मा उम्मेदवारी दर्ता गराएका छन् ।
सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा केही महिना मन्त्री भएका गुप्ता पहिलोपटक संसदीय निर्वाचनमा सहभागी भएका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्तापछि उनले सुशासन, पारदर्शिता, जवाफदेहीता र विकासमुखी राजनीति स्थापनाका लागि आफ्नो उम्मेदवारी भएको बताए ।
तर, उनी मन्त्री छँदा विवादित भए । बिना कार्यक्रम र निम्तो गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले बोलाएको भन्दै उनी जान खोजेको विषय विवादित बनेको थियो ।
उनै गुप्ता फेरि मन्त्री बन्ने उद्देश्यसहित प्रतिनिधिसभा सदस्य निर्वाचन जितेर आउन उम्मेदवार बनेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
