`

रवि लामिछानेले वारेसमार्फत दर्ता गरे उम्मेदवारी

Nepal One HD ६ माघ २०८२ १७:०१
निर्वाचन विषेश

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वारेसनमा मार्फत उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला अदालत पर्सामा मुद्दाको कारण आफै उपस्थित हुन नसकेपछि पार्टीको भरतपुर महानगर संयोजक सीता ज्ञवालीमार्फत लामिछानेले चितवन २, बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

संयोजक ज्ञवालीले आफूले वारेसनामा लिएर उम्मेदवारी दर्ता गराएको जानकारी दिइन् । लामिछानेका प्रस्तावक बिक्रम श्रेष्ठ र समर्थक रामजी ठकुरी रहेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले जानकारी दिए । लामिछाने बीरगञ्जको काम सकेर चितवन फर्किने तयारी गरेको तर समय अभाव भएकोले वारेसबाट नै दर्ता गरिएको उनले बताए । लामिछानेले तेस्रो पटक चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् ।

यसैबीच सहकारी ठगी लगायतका मुद्दामा रास्वपा सभापति लामिछानेलाई एक करोड धरौटी बुझाउन जिल्ला अदालत, पर्साले आदेश दिएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको एक इजलासले एक करोड रुपैयाँ बराबरको धरौटी बुझाउन आदेश दिएको हो । उनी अहिले धरौटी बुझाउने प्रक्रियामा छन् । लामिछाने मंगलबार अदालतमा उपस्थित भएका थिए । आजै थुनछेकको बहस भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *