`

कुलेखानी सडकमा खोल्सामा खस्यो बोलेरो, सहचालकको मृत्यु

Nepal One HD ८ माघ २०८२ ८:०६
समाचार

काठमाडौं । कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक बोलेरो गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी गए राति १ बजे दुर्घटना भएको थियो । कुखुरा लोड भएको उक्त गाडीको ब्रेक फेल भएर अनियन्त्रित भई सडकबाट ५÷७ मिटर तलको खोल्सामा खसेको थियो ।

गाडीमा चालकसहित ३ जना सवार रहेकोमा तीनै जना घाइते भएका थिए । चालक सर्लाही बहरथवा नगरपालिका–१ का २५ वर्षीय रामवलि साह, दुई सहयोगीहरू १७ वर्षीय रोहन मण्डल र १६ वर्षीय छोटे पासवान घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि एम्बुलेन्समा काठमाडौं पठाइएको थियो । डिएसपी बोगटीका अनुसार गम्भीर घाइते भएका रोहन मण्डलको उपचारकै क्रममा पौने ५ बजे मृत्यु भएको हो । बाँकी दुई जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । गाडीमा ५०० कुखुरा रहेको ३०० वटा मरेको पनि प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *