`

४९ जनाले फिर्ता लिए उम्मेदवारी

Nepal One HD ९ माघ २०८२ १५:२७
निर्वाचन विषेश

काठमाडौं । निर्वाचन आयोगले ४९ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमार्फत् आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारी फिर्ताको विवरण सार्वजनिक गरेका हुन् । निर्वाचन कार्यक्रम अन्तर्गत आज दिउँसो १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । आजै आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न पनि प्रदान गर्दैछ ।

स्वतन्त्र उम्मेदवारले आज चिह्न प्राप्त गर्नेछन् भने दलीय उम्मेदवारहरूले दलको चिह्न पाउने छन् । त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको पनि उनले जानकारी दिए । फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता भएको थियो । आयोगका अनुसार ३ हजार ९० पुरूष, ३ सय ९६ महिला र १ अन्य गरी ३ हजार ४ सय ८७ जनाले मनोनयनपत्र दर्ता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *