सोलुवासीसँग प्रचण्डको वाचा : असीम राईलाई जिताउनुहोस्, के गर्नुपर्छ, म गर्छु (भिडियो)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुवासीलाई नेकपा उम्मेदवार असीम राईलाई विजयी गराउन आग्रह गरेका छन् ।
उनले सोलुखुम्बुवासीले जिताएर संसद् पठाए असीमलाई मन्त्री बनाउने संकेत गरे ।
‘सोलुमा कुन पार्टीले जित्यो ? कुन नेताले जित्यो ? भन्ने कुराको राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय रूपमा पनि अर्थ रहन्छ,’ उनले भने, ‘असीम राईलाई विजय गरेर पठाउनुहोस्, करुणा बस्नेत र पासाङ शेर्पालाई विजयी गरेर पठाउनुहोस् । तपाईंहरूले असीम राईलाई विजयी गराएपछि के गर्नुपर्छ, म गर्नेछु ।’
दाहालले असीमलाई विजयी गराएर पठाएपछि सोलुखुम्बुको सडक सजाल, पर्यटन, पर्वतारोहणलगायत क्षेत्रमा आफ्नो साथ हुने बताए ।
तारा चुनाव चिह्न लिएर गठबन्धनबिना निर्वाचनमा गएको नेकपाबाट सोलुखुम्बुमा असीम राई उम्मेदवार छन् ।
