`

विश्वकप ‘वार्मअप’: आरिफ र दिपेन्द्रको अर्धशतकमा युएईविरूद्ध सहज जित

Nepal One HD २० माघ २०८२ २०:३२
खेलकुद

काठमाडौं । टी-२० विश्वकपको पहिलो ‘वार्मअप’ मा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईलाई पराजित गरेको छ । भारतको चेन्नाइमा मंगलबार साँझ भएको खेलमा नेपालले युएईविरुद्ध ७ विकेटको सहज जित निकालेको हो । १४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरको समाप्तिमा ३ विकेट गुमाएर जित हात पारेको हो ।

नेपालको जितमा मध्यक्रमका ब्याट्सम्यान उपकप्तान दिपेन्द्रसिंह ऐरी र आरिफ शेख  दुवैले व्यक्तिगत अर्धशतक पुरा गर्दै बलियो साझेदारी गरेका थिए । शेखले ६१ र ऐरीले ५० रन बनाए ।

नेपालका दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेल तथा कप्तान रोहित पौडेल भने सस्तैमा पबेलियन फर्किएका थिए । भुर्तेल र आसिफ ८-८ रनमा आउट हुँदा कप्तान पौडेलले १६ रन जोडेका थिए ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको युएईले नेपाललाई १४६ रनको चुनौति दिएको छ ।

भारतको चेन्नाईमा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनायो । युएईका सोइब खानको ३८ र हर्षित कौशिकको ३५ रनको योगदान महत्वपूर्ण रह्यो ।

नेपालका लागि सन्दीप लामिछाने र करन केसीले २-२ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दै  छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *