प्रधानमन्त्री सुशीला कार्कीको सिरहामा पुत्ला दहन
राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको पुत्ला दहन भएको छ ।
सिरहाको हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा पटक–पटक सवारी दुर्घटना भइरहँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाउँदै स्थानीय युवाहरूले विरोध प्रदर्शन गर्दै सोमबार प्रधानमन्त्री कार्कीको पुत्ला दहन गरेका हुन् ।
उनीसँगै त्यहाँका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र हुलाकी राजमार्ग निर्माणका ठेकेदार किशोरी कलम साहको पुत्ला दहन गरेका छन् ।
उनीहरूले सडकको अव्यवस्थित अवस्था, आवश्यक संकेत चिह्नको अभाव र निर्माण कार्यमा लापरबाहीकै कारण दुर्घटना बढिरहेको दाबी गरेका छन् ।
प्रदर्शनकारी युवाहरूले तत्काल सडक सुधार, ट्राफिक व्यवस्थापन र जिम्मेवार निकायको जवाफदेहिताको माग गरेका छन् ।
सम्बन्धित निकायले चाँडो पहल नगरे थप कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
