अपडेट : तामाकोशीमा बस दुर्घटना हुँदा मृतकको संख्या १२ पुग्यो
बिशेष
काठमाडौं । तामाकोशीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।
आठ जना घाइते भएका छन् । तीमध्ये ७ जनालाई उपचारका लागि काठमाडौं पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।
मंगलबार बिहान उक्त बस काठमाडौंबाट ओखलढुंगाको पोकली जाँदै गरेको थियो । रामेछापको मचानेटार भन्ने ठाउँमा पुग्दा दुर्घटना भएको थियो ।
उक्त बस तामाकोशी नदीमा आधा डुबेको देखिन्छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि रामेछाप सदरमुकाम मन्थली र सिन्धुलीको खुर्कोट पठाइएको छ ।
दुर्घटना भएको बस प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको हो ।
घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोली पुगेर खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
