`

तामाकोशीमा दुर्घटना : ११ जना मृतकको पहिचान खुल्यो, एक जनाको बाँकी

Nepal One HD २७ माघ २०८२ २२:००
बिशेष

काठमाडौं– काठमाडौंदेखि ओखलढुंगा जाँदै गरेको बस रामेछापस्थित तामाकोसीमा मंगलबार दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठ जना घाइते भएका छन् ।

मृतक १२ मध्ये ११ जनाको पहिचान खुलेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार एक जनाको पहिचान खुल्न बाँकी छ । मृतकहरू आठ जना रामेपछाप, दुई जना दोलखा र एक जना सिन्धुलीका छन् ।

मृतकहरू दोलखाको भिमेश्वर नगरपालिका–७ का २५ कि बबि तामाङ र सोही नगरपालिकाको वडा नम्बर–८ का अन्दाली ६० वर्षीय मानबहादुर तामाङ छन् ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका– ४ का अन्दाजी २८ का दिपेश बस्नेत, सोही गाउँपालिकाको वडा नम्बर–७ कि अन्दाजी ३५ वर्षीयासानुमाया तामाङ, अन्दाजी ३१ वर्षीया तारा तामाङ, ३६ वर्षका भीमबहादुर तामाङ, १६ क रमिता तामाङ, सोही गाउँपालिकाको वडा नम्बर–६ का अन्दाजी ४५ वर्षीया मानकुमारी बरुवाल, जिल्लाकै उमाकुण्ड गाउँपालिका–६ का अन्दाजी २४ वर्षीय विशाल सुनुवार र सिन्धुलीको गोलन्जोर गाउँपालिका– ६ का ३४ को शिव श्रेष्ठ रहेका छन् ।

पहिचान खुल्न बाँकी पुरुष रहेको र उनको अन्दाजी उमेर ५०–५५ भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको बा. प्र. ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस हो । उक्त बस मन्थली नगरपालिका–६ बेनीघाट पुलनजिकैबाट तामाकोसीमा खसेको थियो ।

पुष्पलाल सडकखण्डअन्तर्गत मन्थली–खुर्कोट हुँदै ओखलढुंगातर्फ गइरहेको बस बिहान १०ः४० बजे दुर्घटना भएको थियो ।

दुर्घटनालगतै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको थियो । मृतक सबैको शव मन्थली अस्पतालमै राखिएको छ ।

दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन् । चालक भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरु घाइते ७ जनालाई काठमाडौँतर्फ रेफर गरिएकोमा ६ जनाको धुलीखेलमा उपचार भइरहेको छ । एकजनालाई सैनिक अस्पताल छाउनी लगिएको छ ।

घाइते हुनेमा रामेछापको मन्थली नगरपालिका–१२ कि ३३ वर्षीया देवकी खड्का, सोही नगरपालिका–११ का ३१ वर्षीय सुशान्त थापा मगर, रामेछापकै उमाकुण्ड गाउँपालिका–५ का ५२ वर्षीय सोनामतेन्जी शेर्पा, ६ वर्षीया निमा शेर्पा, रामेछापको लिखुतामाकोसी गाउँपालिका–४ का ७१ वर्षीय ओलकबहादुर थापा र रामेछापकै खाँडादेवी गाउँपालिका–३ का २१ वर्षीय समीर श्रेष्ठ रहेका छन् ।

यस्तै, दोलखाको भिमेश्वर नगरपालिका–७ कि १७ वर्षीया निलिमा तामाङ र ओखलढुंगाको खिजिदेम्वा गाउँपालिका–२ का ४५ वर्षीय जयबहादुर तामाङ रहेका छन् ।
बस दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *