मोरङमा पार्टी कार्यालय तोडफोड भएको भन्दै एमालले गर्यो भर्त्सना
निर्वाचन
विराटनगरको वडा नम्बर १५ र १७ मा रहेको निर्वाचन परिचालन कार्यालय तोडफोड गरिएको भन्दै नेकपा एमाले विराटनगर महानगर कमिटीले भर्त्सना गरेको छ ।
महानगर कमिटी अध्यक्ष बलराम गिरीले सोमबार विज्ञप्ति जारी गरे उक्त घटनाको भर्त्सना गरेका हुन् । उनका अनुसार फागुन २ गते राती वडा नम्बर १७ र फागुन ३ रगते राती वडा नम्बर १५ को निर्वाचन परिचालन कार्यालयमा तोडफोड भएको हो ।
‘निर्वाचनको माहोल विथोल्ने गरी भएको यस्तो अराजक गतिविधिमा संलग्नलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही अघि बढाउन प्रहरी प्रशासनसँग जोडदार माग गर्दछौं,’ गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
हतोत्साही मानसिकताबाट ग्रसित भएकाहरूले यस्तो घटना घटाएको भन्दै गिरीले विचलित नहुन समर्थक र कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
