`

युवराजको शतकका वाबजुद क्यानडा पराजित, न्युजिल्याण्ड सुपर ८मा

Nepal One HD ५ फागुन २०८२ १४:३८
खेलकुद

काठमाडौं । जारी टी-२० विश्वपकमा क्यानडाविरूद्ध ८ विकेटको जित दर्ता गर्दै न्युजिल्याण्डले सुपर ८मा स्थान सुरक्षित गरेको छ ।

चेन्नाईमा टस जितेर ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो । यसमा १९ वर्षिय युवा ब्याटर युवराज शर्माको शतकिय पारी महत्वपूर्ण रह्यो । एसोसिएट टिमका तर्फबाट विश्वकपमा टेस्ट राष्ट्रविरूद्ध पहिलो शतकको किर्तिमान बनाएका युवराजले ६५ बलमा ११० रन बनाएका थिए ।

जवाफी ब्याटीङमा उत्रिएको न्युजिल्याण्डले १७४ रनको लक्ष्य १५ ओभर १ बलमा पुरा गर्‍यो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले अविजित ७६ तथा रचिन रविन्द्रलले अविजित ५९ रनको महत्वपूर्ण योगदान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *