`

ममता शर्माकाे चितवन-२ वासीलाई आग्रह – रवि लामिछाने जेल जान्छन्, भाेट नदिनुहाेस् (भिडियाे)

Nepal One HD ९ फागुन २०८२ १७:४९
निर्वाचन विषेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि जेल जाने भन्दै उनलाई मत नदिन चितवन-२ वासीलाई रास्वपा छाडेकी मधेस प्रदेशकी पूर्वसभापति ममता शर्माले आग्रह गरेकी छन् ।

यसअघि दुईपटक  ५० हजार मतदाताले निर्वाचित गरे पनि भाेट खेर गएकाे भन्दै उनलाई यसपटक भने मत नदिन चितवनवासीसँग शर्माले भनेकी हुन् ।

लामिछाने विवादित व्यक्ति भएकाे भन्दै उनले उनी जेल जाने हुनाले उनलाई भाेट दिनु बेकार हुने बताइन् । लामिछानेकाे दल रास्वपा सिद्धान्तभन्दा प्रचारप्रसारकाे जगमा उभिएकाे उनकाे टिप्पणी छ ।

शर्माले बुधबार रास्वपा त्यागेकी हुन् । उनी साेही दिन कांग्रेस प्रवेश गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *