यूएईमा समस्यामा परेका नेपालीलाई दूतावासको आग्रह: विवरण उपलब्ध गराउनुहाेस्
समाचार
काठमाडौं । अबुधाबीस्थित नेपाली राजदूतावासले संयुक्त अरब इमिरेट्समा विभिन्न कारणले समस्यामा परेका नेपाली नागरिकलाई आफ्नो विवरण अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ।
दूतावासले जारी गरेको जरुरी सूचनामा नेपाल फर्कन चाहने, रोजगारी गुमाएका वा कम्पनीले भिसा रद्द गरी अप्ठ्यारो अवस्थामा परेका नेपालीलाई तत्काल अनलाइन फाराम भर्न अनुरोध गरिएको छ।
साथै, पर्यटक/भिजिट भिसा तथा ट्रान्जिटमा बसेर भिसा अवधि सकिएका र नेपाल फर्कन इच्छुक विद्यार्थीहरूलाई समेत विवरण दर्ता गर्न भनिएको छ।
दूतावासका अनुसार समस्यामा परेका नेपाली नागरिकले कन्सुलर सेवा विभाग,काठमाडौंको पोर्टलमा रजिस्टर गर्न वा उपलब्ध गराइएको गुगल फाराममार्फत विवरण बुझाउन सक्नेछन्।
सूचनामा दिइएको क्यूआर कोड स्क्यान गरी पनि विवरण उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
