तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी
नेपाली कांग्रेस
तेह्रथुम। प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी हुनुभएको छ ।सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिनुभयो ।
उहाँका अनुसार निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।
एमालेका केन्द्रीय सचिव ढकालले १० हजार ६८२ मत प्राप्त गर्नुभयो ।प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ र श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
