`

झापा–२ मा ६० हजार ११० मत प्राप्त गर्दे रास्वपाकी इन्दिरा रानामगर निर्वाचित

Nepal One HD २४ फागुन २०८२ ६:३८
प्रमुख खबर

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उहाँले ६० हजार ११० मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रमा उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गर्नुभयो ।यहाँ श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले सात हजार २९१, नेपाली कांग्रेसकी सरिता प्रसाईँले पाँच हजार ६१६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले तीन हजार ९६६ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा कुल एक लाख ४७ हजार ५२२ मतदाता रहेकामा ९६ हजार ४३६ मत खसेको थियो । यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । रा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *